
नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको डाइभर्सन बनाउने कार्य अझै शुरु हुन सकेको छैन । गएराती आएको बाढीले अस्थायी डाईभर्सन पुनः बगाएको कारण सवारी आवागमन दुईतर्फी बन्द रहेको छ ।
गएराती एक यात्रु बाहक बाढीमा परेको थियो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो । प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेका थिए । यात्रुको उद्धारपछि खोलामै रहेको बस बाढीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खोलाको बाढी कम भएपछि मात्र डाइभर्सन बनाउने कार्य शुरु हुने भएको छ । कार्यालयले एक्साभेटर र अप्रेटरलाई खोला किनारमै राखेको र बाढी कम हुनासाथ डाइभर्सनको काम शुरु हुने जानकारी दिएको छ । सडक कार्यालयले सकेसम्म बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:१९
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
