नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको डाइभर्सन बनाउने कार्य अझै शुरु हुन सकेको छैन । गएराती आएको बाढीले अस्थायी डाईभर्सन पुनः बगाएको कारण सवारी आवागमन दुईतर्फी बन्द रहेको छ ।
गएराती एक यात्रु बाहक बाढीमा परेको थियो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो । प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेका थिए । यात्रुको उद्धारपछि खोलामै रहेको बस बाढीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खोलाको बाढी कम भएपछि मात्र डाइभर्सन बनाउने कार्य शुरु हुने भएको छ । कार्यालयले एक्साभेटर र अप्रेटरलाई खोला किनारमै राखेको र बाढी कम हुनासाथ डाइभर्सनको काम शुरु हुने जानकारी दिएको छ । सडक कार्यालयले सकेसम्म बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
