काठमाडौँ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रालि तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी अनुमतिपत्रप्राप्त संस्था पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।
बैंकको सञ्चालक समितिको विहिबार बसेको बैठकले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
