
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको उद्घाटन आज हुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलेआज अपराहन्न ४ बजे सो सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने भएका छन् । गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित सडक विभागका अधिकारीहरुले फ्लाईओभरको अनुगमन गरेका थिए ।
यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:०९
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
