काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणमा जारी राखेको संसदको विरोधको स्वरूप फेरेको छ ।
विहिबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर बसेका छन् भने उनीहरु यसअघि जस्तो नाराबाजी गरेका छैनन् ।
सभामुख देवराज घिमिरेले संसद्को नियमित प्रक्रिया जारी रहेको समयमा नाराबाजी कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाले विरोधको स्वरूप फेरेको बताइएको छ । सभामुख घिमिरेसँग रास्वपाले नाराबाजी नगर्ने सहमति गरेको बुझिएको छ ।
भिजिट भिसा प्रकरणको विरोध गरिरहेको अर्को दल राप्रपाले भने अवरोधका बीच संसद संचालन गरेको भन्दै आजको बैठक पनि बहिष्कार गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
