काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २ ‘ को पोस्टर रिलिज भएको छ । पोस्टरमा अजय देवगन पगडी लगाएको सरदारको लुकमा देखिएका छन् । उनी दुई ट्याङ्करमा उभिएका छन् । पोष्टर सार्बजनिकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म ‘सन अफ सरदार’ को सिक्वेल हो ।
‘सन अफ सरदार २’ को नयाँ पोस्टरमा अजय देवगन पहेँलो पगडी लगाएर एक्सनमा उभिएको देख्न सकिन्छ । उनले पाइन्ट, टी – शर्ट, सदरी लगाएका छन्। उनले माथि कालो ज्याकेट लगाएका छन्। अजय देवगन दुई ट्याङ्करमा उभिएका छन् । पोस्टरमा ‘सन अफ सरदार २ु लेखिएको छ। यसको ट्याग लाइन ‘द रिटर्न अफ सरदार’ हो ।
‘सन अफ सरदार २ ‘ मा अजय देवगन बाहेक मृणाल ठाकुर र संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अजय देवगन फेरि एक पटक जस्सीको भूमिकामा देखिनेछन् । फिल्मलाई विजय कुमार अरोराले निर्देशन गरेका छन् । फिल्मलाई अजय देवगनले निर्माण गर्दैछन् । नयाँ पोस्टर अनुसार ‘सन अफ सरदार २ ‘जुलाई २५ मा रिलिज हुनेछ ।
‘सन अफ सरदारु’ फिल्म २०१२ मा रिलिज भएको थियो । अजय देवगन बाहेक यस फिल्ममा सोनाक्षी सिन्हा र संजय दत्त पनि थिए । फिल्ममा अजय देवगन सोनाक्षीसँग प्रेममा परेको देखाइएको थियो तर सोनाक्षीका भाइ संजय दत्त यो सम्बन्धको विरुद्धमा थिए । फिल्म यसैको वरिपरि घुम्छ । फिल्मको बजेट ३० करोड रुपैयाँ थियो। फिल्मले बक्स अफिसमा १६१।४८ करोड कमाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
