
काठमाडौँ । इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पतालमा क्षति पुगेको छ र धेरै जना घाइते भएका छन् । इजरायलले इरानलाई आफ्नो क्षेप्यास्त्र आक्रमणमा सिधै अस्पताललाई लक्षित गरेको आरोप लगाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक संजालमा लेखेका छन्- ‘आज बिहान, इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिक जनसंख्यामा क्षेप्यास्त्र प्रहार गरेका छन् । इरानका तानाशाहहरूले यसको पूर्ण मूल्य चुकाउनेछन् ।’
इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको हालैको आक्रमणपछि कम्तिमा ६५ जना घाइते भएका छन्, जसको उपचार भइरहेको बताएका छन् ।
इजरायली सैन्य अधिकारीले हालैको आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
इजरायलले इरानलाई दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १३:११
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
