काठमाडौँ । इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पतालमा क्षति पुगेको छ र धेरै जना घाइते भएका छन् । इजरायलले इरानलाई आफ्नो क्षेप्यास्त्र आक्रमणमा सिधै अस्पताललाई लक्षित गरेको आरोप लगाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक संजालमा लेखेका छन्- ‘आज बिहान, इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिक जनसंख्यामा क्षेप्यास्त्र प्रहार गरेका छन् । इरानका तानाशाहहरूले यसको पूर्ण मूल्य चुकाउनेछन् ।’
इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको हालैको आक्रमणपछि कम्तिमा ६५ जना घाइते भएका छन्, जसको उपचार भइरहेको बताएका छन् ।
इजरायली सैन्य अधिकारीले हालैको आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
इजरायलले इरानलाई दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
