काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई ठुलो झट्का लागेको छ ।
बिसीसीआईले आईपीएल फ्रान्चाइजी कोची टस्कर्स केरलाका मालिकहरूलाई क्षतिपूर्तिको रूपमा ५३८ करोड भारु तिर्नुपर्ने भएको छ । मध्यस्थता न्यायाधिकरणको निर्णय विरुद्ध बीसीसीआईको याचिका बम्बई उच्च अदालतले खारेज गरेपछि यो ठुलो रकम तिर्नुपर्ने भएको हो ।
बम्बई उच्च अदालतले बोर्डको याचिका खारेज गर्दै कोची टस्कर्सको पक्षमा फैसला दिएको हो ।
१० वर्ष पहिले २०१५ मा, ट्रिब्यूनलले कोची टस्कर्सको पक्षमा फैसला सुनाएको थियो । अदालतले बीसीसीआईले क्षतिपूर्तिको रूपमा कोची टस्कर्सलाई ५३८ करोड भारु तिर्नुपर्ने आदेश दिएको थियो । बीसीसीआईले ट्रिब्यूनलको यो निर्णयलाई बम्बई उच्च अदालतमा चुनौती दिएको थियो ।
कोची टस्कर्स केरलालाई २०११ मा नयाँ आइपिएलको रूपमा समावेश गरिएको थियो । टोली पहिले रेन्डेभस स्पोर्ट्स वर्ल्डको स्वामित्वमा थियो । पछि यसको स्वामित्व कोची क्रिकेट प्राइभेट लिमिटेडले लियो ।
फ्रान्चाइजीले जम्मा गरेको बैंक ग्यारेन्टी नवीकरण गर्न नसकेपछि बोर्डले टिमलाई आइपिएलबाट हटाएको थियो । कोची टस्कर्सले २६ मार्च २०११ सम्ममा बैंकमा ग्यारेन्टी जम्मा गर्नुपर्ने थियो । बोर्डले लगभग ६ महिना पर्ख्यो, तर उनीहरूले सम्झौताको १५६ करोड भारु पाएन । जसका कारण बोर्डले १९ सेप्टेम्बर २०११ मा वार्षिक बैठकमा टोली आइपिएलबाट हटाउने निर्णय गर्यो ।
बोर्डको यस निर्णयको विरुद्धमा, कोची टस्कर्सले २०१२ मा मध्यस्थताको प्रक्रिया सुरु गरेक थिए । २०१५ मा, ट्रिब्युनलले बोर्डले सम्झौता उल्लङ्घन गरेको र अनुचित तरिकाले ग्यारेन्टी रकम फिर्ता गरेको फैसला गर्यो । ट्रिब्युनलले बोर्डको गल्तीका कारण कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्तिको निर्णय गरिएको थियो, जसमा ब्याज र कानुनी खर्च पनि समावेश गरिएको थियो ।
कोची टस्कर्स आइपिएलको नवौं फ्रान्चाइजी थियो । यसलाई २०१० मा रेन्डेजभस स्पोर्ट्स वर्ल्ड कम्पनीले १५५५ करोड भारुमा किनेको थियो ।बीसीसीआईले २०११ मा आईपीएल टोलीहरूको संख्या ८ बाट बढाएर १० पुर्याउदा कोची टस्कर्स एक टिम थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
