
काठमाडौँ । इजरायलमा फसेका विराटनगर महानगरका प्रमुख नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन् ।
कोइराला स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेतबाट भारतको मुम्बई आइपुगेको उनको सचिवालयले जानकारी दिएको छ । उनी आजै नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने बताइएको छ ।
कोइराला इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते इजरायल गएका थिए । इजरायल पुगेको केही दिनदेखि सुरु भएको इजरायल–इरान युद्धका कारण कार्यक्रम स्थगित भयो भने सबै विमानस्थल बन्द हुदा उनी इजरायलमै फसेका थिए । EWS
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १२:१०
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
