काठमाडौँ । चौथो ठूलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशिला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका छन् ।
मंगलबार स्थगित गरिएको बैठक आज ११ बस्ने कार्यतालिका रहेको थियो तर अहिलेसम्म बैठक सुचारु भएको छैन । मंगलबार रास्वपा सांसदहरू निलो रिबनसहित संसद उपस्थित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । त्यसपछि सभामुख घिमिरेले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
