
काठमाडौँ । चौथो ठूलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशिला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका छन् ।
मंगलबार स्थगित गरिएको बैठक आज ११ बस्ने कार्यतालिका रहेको थियो तर अहिलेसम्म बैठक सुचारु भएको छैन । मंगलबार रास्वपा सांसदहरू निलो रिबनसहित संसद उपस्थित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । त्यसपछि सभामुख घिमिरेले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १२:०४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
