काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।
एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो । शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले ¥याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
