काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।
बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोधका साथै माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।
यस अघि बुधबार अपराहन्न ३ बजेका लागि बोलाइएको बैठक प्रचण्ड चितवनमा रहेका कारण बस्न सकेको थिएन । प्रचण्ड चितवनबाट काठमाडौँ फर्किने हुनाले बैठक आज राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
