
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।
बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोधका साथै माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।
यस अघि बुधबार अपराहन्न ३ बजेका लागि बोलाइएको बैठक प्रचण्ड चितवनमा रहेका कारण बस्न सकेको थिएन । प्रचण्ड चितवनबाट काठमाडौँ फर्किने हुनाले बैठक आज राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार ११:०५
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
