
काठमाडौं । रौतहटको राजपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।
बुधबार दिउँसो आफ्नै घरमा मोबाइल चार्जमा लगाउने क्रममा करेन्ट लागेर राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुनको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो । तर, साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार ११:०१
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
