काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार विहिबार बिहान ९ बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख ६ सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने पाँच सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यस्तौ सिन्धुपाल्चोकको भोटेकोशी-३ को लार्चामा पहिरोका कारण अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ । त्यसैगरी सिन्धुपाल्चोककै भोटेकोशी-२ को कोप्लाङमा पहिरो जादा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै आज नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउदा पुर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यसैगरी म्याग्दीको अन्नपूर्ण-३ रुप्सेमा पहिरो जादा बेनी-जोमसोम सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै धनकुटाको रवि राके भेडेटार सडक, काभ्रेको विपी राजमार्ग, चितवनको नारायाण-मुग्लिन सडक खण्ड, गुल्मीको कालिगण्डकी कोरिडोर, जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
