काठमाडौँ । इरानमा बिग्रँदै गएको अवस्थाको बीचमा, त्यहाँ फसेका ११० भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा भारत ल्याइएको छ । भारतले इजरायल-इरान तनाबमा दुवै देशमा फसेका भारतीयको उद्धार गर्न अप्रेशन सिन्धु संचालन गरेको छ ।
भारतको विदेश मन्त्रालयले अप्रेशन सिन्धु अन्तर्गत पहिलो उडानमा इरानबाट ११० भारतीयलाई दिल्ली ल्याइएको जानकारी दिएको छ । इरानबाट फर्किएका एक विद्यार्थी यासिर गफ्फारले रातमा माथिबाट क्षेप्यास्त्रहरू उडिरहेको र ठूलो विस्फोट सुनेको बताए ।
यस उडानमा इरानको उर्मिया विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई ल्याइएको बताइएको छ । विद्यार्थीहरुले पहिले आफुहरुलाई विश्वविद्यालयबाट निकालेर आर्मेनिया लगिएको थियो, त्यहाँबाट उनीहरुलाई भारत फर्काइएको जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
