काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
यसअघि मंगलबार सभामुख देवराज घिमिरेले रिबन लगाएर बैठकमा उपस्थित भएका रास्वपाका सांसदहरुलाई कारवाही गर्न कांग्रेसले माग गरेपछि स्थगित गरको बैठक त्यसपछि विहिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार आज विनियोजन विधेयक, २०८२ को वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि प्राप्तखर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
