मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो ।

सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १०:०४