नवलपरासी । बर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अस्तव्यस्त भएपछि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बर्षाको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बाढीले डाइभर्सनमा क्षति पुगेको, निरन्तर बर्षाका कारण दुम्कीबास- दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको जानकारी दिदै वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।
प्रहरी कार्यालयले पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान आग्रह गरेको छ भने काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान अनुरोध गरेको छ ।
त्यस्तै पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थानमा जान र साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
