
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष श्रेष्ठले सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको उल्लेख गर्दै सबैको सहमतिमा सदन संचालन हुनुपर्ने बताएका हुन् ।
साथै उनले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन समेत अनुरोध गरेका छन् ।
उनले भनेका छन्-
सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार १२:२८
चंकी पाण्डे भन्छन्- कपुर र खानको दुनियाँमा ‘पाण्डे केम आउट अफ सेलेबस’ !

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शब्दयात्रा प्रकाशनले आठजना व्यक्तित्व पुरस्कृत गर्दै

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
