काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।
बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली दिएका थिए । उनले शास्त्रीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएका थिए ।
शास्त्रीको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो ।
कांग्रेस नेता शास्त्रीको सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
