काठमाडौँ । इजरायलस्थित नेपाली दुताबासले इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन गर्न शुरु गरेको छ ।
दुताबासले ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि सूचना संकलनको काम शुरु गरेको जानकारी दिएको छ ।
दुताबासले प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ ।
गत शुक्रबारपछि इजरायल र इरानबीच शुरु भएको युद्धका कारण ठुलो संख्यामा इजरायलमा रहेका नेपालीको अवस्था बारे चिन्ता व्यक्त गरिएको छ । दुताबासले अहिलेसम्म भने सबै नेपाली सुरक्षित रहेको बताएको छ ।
सरकारी आँकडामा हाल इजरायलमा ५५ सय नेपाली रहेका छन् भने इरानमा १२ जना नेपाली रहेका छन् ।
विवरण भर्ने लिंक- https://docs.google.com/forms/d/e/1FAIpQLSckmIi1s0G8BXDj_6M1unYuVv2Rbl0jKSMCvgBJfI3NElf1Bg/viewform
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
