काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दै छन् ।
ट्रम्प र मुनीरले ह्वाइट हाउसमा भेट्ने कार्यक्रम तय भएको मिडिया रिपोर्टमा उल्लेख छ । यस भेटमा मिडिया उपस्थित नहुने बताइएको छ ।
सेना प्रमुख मुनीर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन् । ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो । यद्यपि, ट्रम्प र मुनीरको भेट बारे थप जानकारी दिइएको छैन । इरान र इजरायल बीच बढ्दो तनावको समयमा भइरहेको र पाकिस्तान इरानको छिमेकी देश भएकोले यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
इरानी मिडियाका अनुसार, मुनीरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए, जसको जुन १३ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
