
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दै छन् ।
ट्रम्प र मुनीरले ह्वाइट हाउसमा भेट्ने कार्यक्रम तय भएको मिडिया रिपोर्टमा उल्लेख छ । यस भेटमा मिडिया उपस्थित नहुने बताइएको छ ।
सेना प्रमुख मुनीर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन् । ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो । यद्यपि, ट्रम्प र मुनीरको भेट बारे थप जानकारी दिइएको छैन । इरान र इजरायल बीच बढ्दो तनावको समयमा भइरहेको र पाकिस्तान इरानको छिमेकी देश भएकोले यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
इरानी मिडियाका अनुसार, मुनीरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए, जसको जुन १३ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो ।
pratikshya
प्रकाशित: ४ असार २०८२, बुधबार ११:१६
चंकी पाण्डे भन्छन्- कपुर र खानको दुनियाँमा ‘पाण्डे केम आउट अफ सेलेबस’ !

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शब्दयात्रा प्रकाशनले आठजना व्यक्तित्व पुरस्कृत गर्दै

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
