
काठमाडौं । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको हो ।
बैंकिङ कसुरका आरोपी पाली अचेत अवस्थामा भेटिएपछि राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले जानकारी दिए । तर उनको शव दुई दिनदेखि उठेको छैन ।
पालीको मृत्युका कारण खुल्न सकेको छैन । तर, मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएपछि उनका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।
पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ११:०८
चंकी पाण्डे भन्छन्- कपुर र खानको दुनियाँमा ‘पाण्डे केम आउट अफ सेलेबस’ !

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शब्दयात्रा प्रकाशनले आठजना व्यक्तित्व पुरस्कृत गर्दै

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
