काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच भएको भेटले फेरी एक पटक इन्टरनेट तातेको छ ।
क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा तीन दिने जी ७ शिखर सम्मेलनका क्रममा मोदी र मेलोनीबीच भेट भएको हो ।
भेटमा दुवै मुस्कुराएको तस्वीर सार्बजनिक भएपनि इन्टर नेटमा भाइरल भएको छ । मेलोनीले मोदीसँग भेटेको तस्वीर सार्बजनिक गर्दै इटाली र भारत, एक महान मित्रताले जोडिएका देश भएको उल्लेख गरेका छन् । मेलोनीको पोष्टमा मोदीले मेलोनीसँग पूर्ण सहमत भएको उल्लेख गर्दै इटालीसँग भारतको मित्रता अझ बलियो हुँदै जाने र हाम्रा जनतालाई धेरै फाइदा पुर्याउने उल्लेख गरेर रिपोष्ट गरेका छन् ।
मोदी र मेलोनीबीचको भेटवार्ता अहिले सामाजिक सञ्जालको लागि निकै ठुलो खुराक हुने गर्दछ । यसअघि, दुई नेताहरू डिसेम्बर २०२३ मा दुबईमा भएको कोप २८ शिखर सम्मेलनमा भेटेका थिए । मेलोनीले #Melodi ह्यासट्यागको साथ सामाजिक सञ्जालमा यो भेटको तस्बिर साझा गरेकी थिइन्, जुन भाइरल भएको थियो । इन्टरनेटमा मोदी र मेलोनीका लाखौ मेम समेत भाइरल रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
