काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित जारी २ को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट सुरु गरिएको फिल्मको छायांकन ३६ दिनमा सकिएको निर्माण कम्पनी बाँसुरी फिल्मसले जनाएको छ । फिल्मको १६५ सिन खिचिएको फिल्मको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको थियो ।
फिल्मलाई आगामी दशैंमा रिलिज गरिने बाँसुरी फिल्म्सले जनाएको छ । निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगर दोहोरिएका छन् । त्यस्तै यस फिल्ममा ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय रहेको छ ।
गत बैशाख १ गते एक पोस्टर सार्वजनिक गर्दै ‘जारी २’को निर्माण घोषणा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ फिल्मको निर्मातामा रहेका छन् ।
‘जारी’ २०८० सालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो । जारी प्रथामा आधारित भएर बनेको यो फिल्मले बक्स अफिसमा १७ करोड भन्दा बढीको व्यापार गरेको थियो । यसै फिल्मबाट कवि सुब्बाले निर्देशनमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो फिल्म ‘मनसरा’ अघिल्लो वर्ष प्रदर्शनमा आएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
