काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।
एमालेको राजनीतिमा सक्रिय बन्ने तर्फ अग्रसर रहेकी पूर्व राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष समेत रहेका ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले र पार्टीका भातृ संगठनमा भण्डारीले आफ्नो प्यानल खडा गर्दै ओलीलाई अप्रत्यक्ष रुपमा चुनौती दिन शुरु गरिसकेकी छन् । जसबाट ओली असन्तुष्ट रहेका छन् । उनले सार्बजनिक रुपमा नै एमालेमा कुनै गुट नरहेको र पार्टीका अधिवेसन र भातृ संगठनको नेतृत्व चयनमा सर्वसम्मतको प्रयास गरिरहेका छन् ।
एमालेका पादधिकारीहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन प्रयास गरिरहेका छन् । पुर्व उपराष्ट्रपति नन्द बहादुर पुन माओवादीको उपाध्यक्ष बनेर भण्डारीलाई सक्रिय राजनीतिमा आउन बाटो खोलेको विश्लेषण गरिएको छ ।
भण्डारीले पछिल्ला दिनहरुमा देशका विभिन्न भागमा पुगेर एमालेका नेता, कार्यकर्ताहरूसँग भेट गर्ने गरेकी छन् । त्यस्तै उनले हालै एमाले नेताको हैसियतमा चीन भ्रमण समेत गरेकी थिइन् ।
पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग पछिल्लो राजनीतिबारे छलफल गरेको र अर्कोतर्फ भण्डारीले पार्टीमा आफ्नो भूमिका खोजेको विश्लेषण गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
