चितवन । पूर्वपश्चिम राजमार्ग अझै अवरुद्ध रहेको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अहिलेसम्म अवरुद्ध बनेको हो ।
अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले जानकारी गराएको छ । डिभिजन प्रमुखको निर्देशनमा ईन्जिनियर सहितको टोली अहिले डाइभर्सन बनाउन खटिएको र छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । साथै पानीको वहाव कम हुँदै गएमा डाइभर्सन खुलाउन ४-५ घण्टा लाग्ने कार्यालयले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
