
चितवन । पूर्वपश्चिम राजमार्ग अझै अवरुद्ध रहेको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अहिलेसम्म अवरुद्ध बनेको हो ।
अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले जानकारी गराएको छ । डिभिजन प्रमुखको निर्देशनमा ईन्जिनियर सहितको टोली अहिले डाइभर्सन बनाउन खटिएको र छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । साथै पानीको वहाव कम हुँदै गएमा डाइभर्सन खुलाउन ४-५ घण्टा लाग्ने कार्यालयले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार १०:२०
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
