
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै खामेनीले इजरायललाई कडा जवाफ दिने उल्लेख गर्दै यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘हामीले आतंकवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौं ।’
यो घोषणा पछि, इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । साथै उनले इरानका सर्वोच्च नेता कहाँ छन् भन्ने आफुहरुलाई जानकारी रहेको बताउदै अहिले नै उनलाई नमार्ने उल्लेख गरेका थिए ।
गत शुक्रबारदेखि शुरु भएको यस युद्धमा इरानमा दर्जनौं शिर्ष सैन्य अधिकारीसहित साढे २ सय भन्दा बढीको ज्यान गएको छ ।
अमेरिका प्रत्यक्ष रुपमा अहिलेसम्म यस युद्ध सामेल नरहेपनि अब छिट्टै अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाबाट फर्केपछि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् र मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार १०:१९
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
