काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै खामेनीले इजरायललाई कडा जवाफ दिने उल्लेख गर्दै यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘हामीले आतंकवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौं ।’
यो घोषणा पछि, इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । साथै उनले इरानका सर्वोच्च नेता कहाँ छन् भन्ने आफुहरुलाई जानकारी रहेको बताउदै अहिले नै उनलाई नमार्ने उल्लेख गरेका थिए ।
गत शुक्रबारदेखि शुरु भएको यस युद्धमा इरानमा दर्जनौं शिर्ष सैन्य अधिकारीसहित साढे २ सय भन्दा बढीको ज्यान गएको छ ।
अमेरिका प्रत्यक्ष रुपमा अहिलेसम्म यस युद्ध सामेल नरहेपनि अब छिट्टै अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाबाट फर्केपछि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् र मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
