काठमाडौँ । ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिता काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आयोजना गरेको हो । ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित असार ६ र ७ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना हुनेछ । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहेको छ ।
वडाध्यक्ष चिनीकाजी महर्जनले, मिस्टर महानगरलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका छन् । वडा २२ का अध्यक्ष महर्जनले, अरु खेल जस्तै शारीरिक सुगठन र व्यायामसँग सम्बन्धित खेलप्रति आकर्षण बढाउँदै खेलका माध्यमबाट आरोग्य जीवनका कार्यक्रम प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यो च्याम्पियनसिप पुरुषहरुका लागि आयोजना गरिएको हो । यसमा क्रमशः महिलाहरुलाई पनि सहभागी गराउँदै लैजाने योजना छ ।
वर्ल्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगदर ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा गृहमा मापदण्ड बमोजिमको तौल मापन हुनेछ । ७ गते राष्ट्रिय सभा गृहमा प्रिजजिङ् र फाइनल प्रतियोगिता हुनेछ ।
प्रत्येक तौल समूहका विजेताहरुका मिस्टर महानगरको दावेदार हुनेछन् । यी दावेदारहरुका बिचमा ओभरअल प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौलसमूहको विजेता भएर ७५ हजार रुपैयाँ र ओभरअल प्रतिस्पर्धाको विजेता भएर पदकसहित ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यस दिन शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडीहरुलाई सम्मान प्रदान गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
