
धरान । धरान उपमहानगरमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडपको स्थिति सिर्जना भएको छ । मंगलबार मेयर साम्पाङका समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
तनाव बढ्दै जादा मेयर र उपमेयर बेघाका समर्थकहरू कार्यालय परिसरमा भेला भएर नाराबाजी र धकेला धकेल गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।
धरान–१६ स्थित बहुभाषिक पाठशालामा निर्माण गरिएको ग्याबिन जालीको विषयमा विवाद हुदा तनाव बढेको बताइएको छ । मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि श्रमदानमार्फत उक्त जाली निर्माण गरिएको थियो । तर, निर्माण सकिएपछि साम्पाङले त्यसको नयाँ रि–इस्टिमेट गराएर उपभोक्ता समिति बनाएर नगर कार्यालयमा बिल पेस गरेको आरोप उपमेयर बेघाले लगाएका थिए ।
बेघाले श्रमदानबाट पहिल्यै सम्पन्न कामको भुक्तानी नगरबाट गर्न नमिल्ने भन्दै डोर हाजिरी गरिएको, बाहिरी व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको र काम पछि समिति बनाइ बिल पेस गरिएको आरोप लगाएका छन् । उता मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य हुनुपर्ने रेकर्डको लागि लागत लेखिएको तर भुक्तानी नगरिने मंगलबार पत्रकार सम्मेलन गरेर स्पष्ट गरेका थिए ।
मेयरमा स्वतन्त्र विजयी भएका साम्पाङ र माओवादी केन्द्रबाट विजयी भएका उपमेयर बेघा कार्यकालको शुरुमा मिलेर काम गरेपनि पछिल्ला दिनमा असमझदारी बढ्दै गएको र दुवैबीच पटक पटक विवाद हुदै आएको छ ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ०९:१८
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
