
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र जिल्ला अदालत काठमाडौँले तीन लाख धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
मंगलबार बिहान जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका मिश्रको मुद्धामा मंगलबार नै थुनछेक बहस भएको थियो । मिश्रविरुद्ध तिनकुने घटनामा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरको आरोप लगाइएको थियो ।
तीनकुने घटना भएको चैत १५ कै राति पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतले बन्द्रीप्रत्यक्षीकरणको रिटमा जेठ २ गते रिहा गर्न आदेश दिएको थियो । हाजिर जमानीमा रिहा भएका मिश्र सम्पर्कविहीन रहेका थिए ।
तिनकुने घटनामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए र उनलाई अदालतले ३ लाख धरौटीमा रिहा गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ०९:१४
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
