काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित जारी २ को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट सुरु गरिएको फिल्मको छायांकन ३६ दिनमा सकिएको निर्माण कम्पनी बाँसुरी फिल्मसले जनाएको छ । फिल्मको १६५ सिन खिचिएको फिल्मको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको थियो ।
फिल्मलाई आगामी दशैंमा रिलिज गरिने बाँसुरी फिल्म्सले जनाएको छ । निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगर दोहोरिएका छन् । त्यस्तै यस फिल्ममा ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय रहेको छ ।
गत बैशाख १ गते एक पोस्टर सार्वजनिक गर्दै ‘जारी २’को निर्माण घोषणा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ फिल्मको निर्मातामा रहेका छन् । ‘जारी’ २०८० सालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो ।
जारी प्रथामा आधारित भएर बनेको यो फिल्मले बक्स अफिसमा १७ करोड भन्दा बढीको व्यापार गरेको थियो । यसै फिल्मबाट कवि सुब्बाले निर्देशनमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो फिल्म ‘मनसरा’ अघिल्लो वर्ष प्रदर्शनमा आएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
