
काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित जारी २ को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट सुरु गरिएको फिल्मको छायांकन ३६ दिनमा सकिएको निर्माण कम्पनी बाँसुरी फिल्मसले जनाएको छ । फिल्मको १६५ सिन खिचिएको फिल्मको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको थियो ।
फिल्मलाई आगामी दशैंमा रिलिज गरिने बाँसुरी फिल्म्सले जनाएको छ । निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगर दोहोरिएका छन् । त्यस्तै यस फिल्ममा ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय रहेको छ ।
गत बैशाख १ गते एक पोस्टर सार्वजनिक गर्दै ‘जारी २’को निर्माण घोषणा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ फिल्मको निर्मातामा रहेका छन् । ‘जारी’ २०८० सालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो ।
जारी प्रथामा आधारित भएर बनेको यो फिल्मले बक्स अफिसमा १७ करोड भन्दा बढीको व्यापार गरेको थियो । यसै फिल्मबाट कवि सुब्बाले निर्देशनमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो फिल्म ‘मनसरा’ अघिल्लो वर्ष प्रदर्शनमा आएको थियो ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ०९:०७
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
