काठमाण्डौ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो ।
स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ४ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २ अङ्क भएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ ।
यसअघि अस्ति सोमवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।
करणको एक सय विकेट
करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।
यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
