
काठमाडौँ । इजरायली सेनाले आफ्नो आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।
केहि दिन अघि मात्र जिम्मेवारी सम्हालेका इरानी सेनाका चिफ अफ स्टाफ अली शादमानीको मृत्यु भएको इजरायलले दाबी गरेको छ ।
उनलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिकको भएको बताइएको छ ।
इजरायली सेनाले भनेको छ( ुसटीक गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायु सेनाको आक्रमणमा इजरायली वायु सेनाको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीको निकटतम सैन्य सल्लाहकार अली शादमानी मारिएका छन् ।
शादमानी शुक्रबारको इजरायलको आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मारिएपछि इरानी सेनाको चिफ अफ स्टाफमा नियुक्त भएका थिए । उनी हाल इजरायलविरुद्ध जारी रहेको आक्रमणको प्रमुख रणनीतिकार रहेको बताइएको छ ।
pratikshya
प्रकाशित: ३ असार २०८२, मंगलवार १४:४१
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
