काठमाडौँ । इजरायली सेनाले आफ्नो आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।
केहि दिन अघि मात्र जिम्मेवारी सम्हालेका इरानी सेनाका चिफ अफ स्टाफ अली शादमानीको मृत्यु भएको इजरायलले दाबी गरेको छ ।
उनलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिकको भएको बताइएको छ ।
इजरायली सेनाले भनेको छ( ुसटीक गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायु सेनाको आक्रमणमा इजरायली वायु सेनाको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीको निकटतम सैन्य सल्लाहकार अली शादमानी मारिएका छन् ।
शादमानी शुक्रबारको इजरायलको आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मारिएपछि इरानी सेनाको चिफ अफ स्टाफमा नियुक्त भएका थिए । उनी हाल इजरायलविरुद्ध जारी रहेको आक्रमणको प्रमुख रणनीतिकार रहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
