काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका(५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका(१५ बस्ने सर्लाही बरहथवा नगरपालिका(१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् ।
पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका(१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका(१५ बाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानकारी दिएको छ ।
pratikshya
प्रकाशित: ३ असार २०८२, मंगलवार १३:५९
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
