
काठमाडौँ । बेलायतको गुप्तचर एजेन्सी एमआई ६ ले महिलालाई आफ्नो प्रमुख नियुक्त गरेको छ ।
प्रधानमन्त्री केयर स्टारमरले ब्लेज मेट्रेभेलीलाई एमआई ६ को १८औं प्रमुख बनाएका छन् । यो एजेन्सी बेलायतको विदेशी गुप्तचरको लागि जिम्मेवार छ । सन् १९०९ मा संस्था स्थापना भएदेखि उनी यो पद सम्हाल्ने ब्लेज पहिलो महिला बनेकी छन् ।
अहिलेसम्म उनी एमआइ ६ को प्रविधि र नवप्रवर्तन विभागकी निर्देशक थिइन् । जेम्स बन्ड फिल्महरूमा, उनको पदलाई ग्याजेट मास्टर क्यू भनिन्छ । उनी एक मात्र गुप्तचर अधिकारी हुन्, जसको नाम सार्वजनिक रूपमा घोषणा गरिएको थियो । उनले भनकी छन्- ‘मलाई सेवा प्रमुख बन्न भनिएकोमा म गर्व र सम्मानित महसुस गर्छु ।’
प्रधानमन्त्री केयर स्टारमरले यो ऐतिहासिक नियुक्ति भएको बताउदै अहिले बेलायतको गुप्तचर सेवाहरू अहिलेसम्मकै महत्त्वपूर्ण अवस्थामा रहेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १३:००
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
