काठमाडौँ । बेलायतको गुप्तचर एजेन्सी एमआई ६ ले महिलालाई आफ्नो प्रमुख नियुक्त गरेको छ ।
प्रधानमन्त्री केयर स्टारमरले ब्लेज मेट्रेभेलीलाई एमआई ६ को १८औं प्रमुख बनाएका छन् । यो एजेन्सी बेलायतको विदेशी गुप्तचरको लागि जिम्मेवार छ । सन् १९०९ मा संस्था स्थापना भएदेखि उनी यो पद सम्हाल्ने ब्लेज पहिलो महिला बनेकी छन् ।
अहिलेसम्म उनी एमआइ ६ को प्रविधि र नवप्रवर्तन विभागकी निर्देशक थिइन् । जेम्स बन्ड फिल्महरूमा, उनको पदलाई ग्याजेट मास्टर क्यू भनिन्छ । उनी एक मात्र गुप्तचर अधिकारी हुन्, जसको नाम सार्वजनिक रूपमा घोषणा गरिएको थियो । उनले भनकी छन्- ‘मलाई सेवा प्रमुख बन्न भनिएकोमा म गर्व र सम्मानित महसुस गर्छु ।’
प्रधानमन्त्री केयर स्टारमरले यो ऐतिहासिक नियुक्ति भएको बताउदै अहिले बेलायतको गुप्तचर सेवाहरू अहिलेसम्मकै महत्त्वपूर्ण अवस्थामा रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
