काठमाडौँ । इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्ने भारतीयहरूलाई शहर छोडेर सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।
इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा, भारतीय दूतावासले आफ्नै स्रोतसाधन प्रयोग गरेर तेहरानबाट बाहिर जान सक्ने सबै भारतीय नागरिकहरूलाई शहर बाहिर सुरक्षित स्थानमा सर्न सल्लाह दिएको छ ।
साथै, तेहरानमा रहेका र दूतावासको सम्पर्कमा नभएका भारतीय नागरिकहरूलाई तुरुन्तै तेहरानस्थित भारतीय दूतावासलाई आफ्नो स्थान र नम्बर दिन अनुरोध गरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न सल्लाह दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
