काठमाडौं । पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप आर्यभन्ज्याङ रामपुर कच्ची सडकबाट खस्दा जीप धनीसमेत रहेका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा मृत्यु भएको हो । त्यस्तै जीप चालक ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् ।
उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
