
काठमाडौँ । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म छिटो इजरायल छोड्न आग्रह गरेको छ ।
इजरायली हवाई क्षेत्र बन्द भएकोले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा पार गरेर इजरायल छोड्न निर्देशन दिएको हो ।
जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै छाड्न अपील गरेको छ ।
इजरायल-इरान द्वन्द्व बढ्दै गएको र नागरिक सुविधाहरूमा क्षति पुगेको र नागरिक हताहत बढेको उल्लेख गरिएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सीमा खुला रहने पुष्टि गरेको बताएको छ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार ११:२३
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
