काठमाडौँ । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म छिटो इजरायल छोड्न आग्रह गरेको छ ।
इजरायली हवाई क्षेत्र बन्द भएकोले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा पार गरेर इजरायल छोड्न निर्देशन दिएको हो ।
जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै छाड्न अपील गरेको छ ।
इजरायल-इरान द्वन्द्व बढ्दै गएको र नागरिक सुविधाहरूमा क्षति पुगेको र नागरिक हताहत बढेको उल्लेख गरिएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सीमा खुला रहने पुष्टि गरेको बताएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
