
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।
तीनकुने घटनाका आरोपी रहेका मिश्र मंगलबार बिहान जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका हुन् । उनको आजै थुनछेक बहस हुने भएको छ ।
मिश्रविरुद्ध तिनकुने घटनामा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरको आरोप लगाइएको छ ।
तीनकुने घटना भएको चैत १५ कै राति पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतले बन्द्रीप्रत्यक्षीकरणको रिटमा जेठ २ गते रिहा गर्न आदेश दिएको थियो । हाजिर जमानीमा रिहा भएका मिश्र सम्पर्कविहीन रहेका थिए ।
तिनकुने घटनामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए र उनलाई अदालतले ३ लाख धरौटीमा रिहा गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १०:४२
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
