
काठमाडौँ । जारी फिफा क्लब विश्वकपमा चेल्सीले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २-० गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा पेड्रो नेटो र इन्जो फेर्नानडेजले एक एक गोल गरेका थिए । नेटोले खेलको ३४औ र फेर्नानडेजले खेलको ७९औ मिनेटमा गोल गरेका थिए ।
यो जितपछि समुह डी मा चेल्सीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । चेल्सीले अब अर्को खेल जुन २० मा फ्लामेंगोसँग खेल्ने छ भा त्यसपछि जुन २५ मा इएस टुनिससँग खेल्ने तालिका रहेको छ ।
त्यस्तै लस एन्जलसले जुन २१ मा इएस टुनिस र जुन २५ मा फ्लामेंगोसँग खेल्ने तालिका रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १०:२८
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
