
एजेन्सी । अमेरिकाले इरानको आणविक साइटमा आक्रमण गर्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको फोर्डो न्युक्लियर साइटमा आक्रमण गर्ने या नगर्ने भन्ने विषयमा विचार गरिरहेको रिपोर्ट बाहिरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यकाअनुसार उक्त क्षेत्र जमिनको निकै मुनि रहेको छ र, अमेरिकाको शक्तिशाली बमले मात्र त्यसमा क्षति पुर्याउन सक्ने सम्भावना छ । रिपोर्टअनुसार यदि अमेरिकाले यस क्षेत्रमा आक्रमण गरेमा सिधै इरानसँग अमेरिकाको पनि युद्ध मानिनेछ । यद्दपी यो समाचार एक विश्लेषणका रुपमा प्रकाशित गरिएको छ ।
यसबारे अल-जजिराले पनि समाचार प्रकाशित गरेको छ । समाचारमा भनिएको छ, ‘विशेष गरी यो खेल समाचारको सट्टा विश्लेषणअन्तर्गत राखिएको छ । र, यस्तो हमला विचारमा रहेको भन्ने दाबीका लागि कुनै स्रोत वा स्रोतहरू उद्धृत गरिएको छैन ।’
यो रिपोर्ट ट्रम्पले महत्त्वपूर्ण दुई कदम उठाएका बेला सार्वजनिक भएको छ । ट्रम्पको पहिलो कदम, जी– ७ को शिखर सम्मेलन बीचमै छाडेर फर्किनु हो । ट्रम्प क्यानडामा जारी जी- ७ राष्ट्रको शिखर सम्मेलन बीचमै छाडेर स्वदेश फर्कंदै छन् । अनि उनको चेतावनी यो हो, उनले इरानको राजधानी तेहरान खाली गर्न चेतावनी दिएका छन् । अनि अमेरिकी युद्धपोट मध्यपूर्वतर्फ लागेको छ ।
ट्रम्पको दोस्रो कदम हो, राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक बोलाउनु । जी– ७ शिखर सम्मेलन बीचैमा छाडेर फर्केका ट्रम्पले ‘सिचुएसन रुमुमा बैठकको तयारी गर्न भनेका छन् । ह्वाइट हाउसको सिचुएसन रुम एक हाइ सेक्युरिटी कमान्ड सेन्टर हो, जहाँ राष्ट्रिय सुरक्षासँग जोडिएका मामिलामा निर्णय हुने गर्दछ । यो त्यसबेला हुन्छ, जतिबेला युद्ध आतंकवादी हमला या कुनै वैश्विक संकटको आशंका हुने गर्दछ ।
विश्लेषकहरूका अनुसार, एनएससीलाई तयार रहन ट्रम्पले निर्देशन दिनुले स्पष्ट रूपमा स्थिति निकै गम्भीर रहेको संकेत गर्छ । र, यो विषयमा तत्काल निर्णय लिनु जरुरी पर्न सक्छ । अनि कतिपयले चाहिँ ट्रम्पले सिचुएसन रुममा बैठक बोलाएर इरानबारे निर्णय लिन खोजेको आशंका गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १०:२६
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
