काठमाडौँ । फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाल फिचर्ड रहेका छन् ।
निर्देशक राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्म आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
गीतको लिंक- https://www.youtube.com/watch?v=7X33utrsEoY
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
