एजेन्सी । इसराइलले इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ । इसराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा संवर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार इसराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत प्रणाली प्रभावित भएको छन् । नतान्ज युरेनियम समृद्धिकरण केन्द्र हो । यूरेनियम ग्यासलाई उच्च स्तरसम्म समृद्ध गरेपछि आणविक इन्धन र हतियारका रूपमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानले त्यस क्षेत्रमा भूमीगत सुरूङ बनाएर युरेनियम समृद्धिकरण गर्दै आएको थियो । इरानी सुरक्षास्रोतहरूले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक नगरे पनि केही संरचनामा क्षति भएको र वैज्ञानिकहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । मानवीय क्षति सम्भावना न्यून रहेको बताइएको छ ।
इरानले आक्रमणको जबाफ दिने बताएको छ । हालैका वर्षहरूमा इरानले यही केन्द्रमार्फत ६० प्रतिशतसम्म समृद्ध यूरेनियम उत्पादन गर्दै आएको छ । नतान्जमा रहेका करिब १५,०० सेंट्रिफ्यूजहरू नष्ट भएको बताइएको छ । शुक्रबारको हमलामा इरानका आणविक वैज्ञानिक नै मारिएका थिए । इसराइलले शनिबार पनि नतान्जमै रहेको सबैभन्दा ठूलो तेलभण्डारमा आक्रमण गरेको थियो ।
सोमबार इरानले पनि इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा हमला गरेको थियो । इरान(इसराइलबीचको तनाव पाँचौं दिनमा प्रवेश गरेको छ ।
पाँच दिनसम्म इरानमा कम्तिमा २२४ जनाको र इसराइलमा कम्तिमा २४ जनाको मृत्यु भएको बताइएको छ । इरानमा एक हजार भन्दा बढी घाइते भएका छन् । इसराइलमा पनि इरानी आक्रमणबाट सयौं घाइते भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
