
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने बैठकमा सांसदहरुको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै, सभामुख घिमिरेले विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि असार ५, ६ र ७ गतेका दिनहरू तोकेका छन् ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार ०८:३७
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
