
काठमाण्डौ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।
नेदरल्यान्ड्सले जीतका लागि दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो । जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन जोड्यो । फेरि खेल दोस्रो सुपर ओभर पुग्यो । दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल तेस्रो सुपरमा पुगेर छिनोफानो भयो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो ।
जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमा नै छक्का प्रहार गरेर टोलीलाई जिताए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो ।
शृङ्खलाअन्तर्गत आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार ०८:१३
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
