
काठमाडौं । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा फुटपाथमा जथाभावी नखन्न स्थानीयलाई आग्रह गरेको छ ।महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई आग्रह गरेको हो ।
यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम र पैदल यात्रुलाईसमेत समस्या परेको गुनासो आएको भन्दै महानगरले विना स्वीकृति सडक खन्ने काम भए कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।
सूचनामा भनिएको छ, ‘नियमअनुसार सहमती लिएर मात्रै सडक तथा फुटपाथ खन्ने कार्य गर्नुहोला । अन्यथा नियमअनुसार कारबाही हुनेछ ।’ महानगरले यस वर्षको वर्षायाम सुरु भएकाले असार, साउन र भदौ (तीन महिना)सम्मको लागि सडक खन्न र फुटपाथ विगार्ने कार्यको स्वीकृतिसमेत रोक्का गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २ असार २०८२, सोमबार १२:०४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
