
काठमाडौं । सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । आज बिहान सुर्खेतबाट दाङ आउँदै गरेको फोर्स गाडीलाई भेरीगंगा नगरपालिका–२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गाडीमा सवार चालकसहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– १२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको छ।
अन्य घाइतेहरूमा ३२ वर्षीय भुवन चौधरी, ३२ वर्षीया सरिता गरङ्जा, ५० वर्षीय हेमराज बुढाथोकी, २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन् । उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २ असार २०८२, सोमबार १०:२०
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
