दाङ । दाङमा चट्याङ लाग्दा दुई भैसीसहित खसी, बाख्रा र कुखुरा जलेर मरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
उनका अनुसार घटनामा एक भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगो आज बिहान करिब साढे २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी पोस्ट पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा ४ जनाको टोली खटिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
