
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो ।
चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ ।
सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ र डिजेल–मट्टीतेलको भाउ लिटरको १४४ रूपैयाँ पर्नेछ । यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६० रूपैयाँ र डिजेल–मट्टीतेलको भाउ लिटरको १४५ रूपैयाँ पर्नेछ ।
Sudina Shrestha
प्रकाशित: २ असार २०८२, सोमबार ०७:५१
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
