
काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार आइपीओ बाँडफाँड गरेको हो।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म खोलिएको आइपिओ ३ लाख २९ हजार ६५० जनाले १०-१० कित्ता शेयर पाएका छन् । ७.८२ गुणा बढी आवेदन परेको आइपीओमा स्वीकृत भएका १७ लाख २९ हजारभन्दा बढीको हात खाली भएको छ ।
यस आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका थिए ।
ट्रेड टावर लिमिटेडले १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।
आइपीओको नतिजा, मेरो सेयर, सिडीएससीको वेभसाइटमा हेर्न सकिन्छ ।
Sudina Shrestha
प्रकाशित: १ असार २०८२, आईतवार १२:१५
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
