काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार आइपीओ बाँडफाँड गरेको हो।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म खोलिएको आइपिओ ३ लाख २९ हजार ६५० जनाले १०-१० कित्ता शेयर पाएका छन् । ७.८२ गुणा बढी आवेदन परेको आइपीओमा स्वीकृत भएका १७ लाख २९ हजारभन्दा बढीको हात खाली भएको छ ।
यस आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका थिए ।
ट्रेड टावर लिमिटेडले १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।
आइपीओको नतिजा, मेरो सेयर, सिडीएससीको वेभसाइटमा हेर्न सकिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
